देश बचाउन पुर्व राजाको सबैसँग आग्रह - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

देश बचाउन पुर्व राजाको सबैसँग आग्रह



काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले अहिलको परिस्थितिमा देश कसरी बचाउने भन्ने कुरा समग्र नेपालीको साझा चिन्ता हुनु पर्ने बताएका छन् ।

करिब एक महिना लामो विदेश भ्रमण गरी मंगलबार स्वदेश फर्किए लगत्तै दशैँको शुभकामना सन्देशमा पूर्व राजा शाहले देश बचाउन सबैसँग आग्रह गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, “देश बन्ने, बनाउने सपना देखेका हामी नेपाली, राजनीतिक परिवर्तनको नाममा समेटिएका असामायीक तथा असान्दर्भिक कार्य सूचिहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ता जनक अवस्थामा आइपुगेका छौँ ।” शमाहाले अब समीक्षा र आत्ममुल्याङ्कन गर्नसबैसँग आग्रह गरेका छन् ।

आफैलाई साक्षी राखेर देश र देशबासीका नाममा केही गर्ने प्रयत्न गर्न पनि उनले सुझाब दिएका छन् । त्यस्तै पूर्व राजा शाहले नेपालीबिचको सामाजिक सद्भाव मेटिदै गएको र तराई, पहाड तथा हिमालको एक्यभाव तोड्ने प्रयत्न भइरहेकोमा समेत चिन्ता व्यक्त गरेका छन् ।