डेनमार्कको पहिलो जित - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

डेनमार्कको पहिलो जित



एजेन्सी – युरोकप छनोटमा डेनमार्कले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा डेनमार्कले जर्जियालाई ५–१ ले हराएको हो ।

अपराजित रहेको डेनमार्कले यसअघि दुई खेलमा बराबरी खेलेको थियो । घरेलु मैदानमा डेनमार्कलाई फराकिलो जित दिलाउन कास्पर डोलवर्गले २ तथा क्रिस्टियन इरिक्सन, युस्सुफ पौलसेन र मार्टिन ब्रेथवेटले समान १ गोल गरे । सावा लोभझानीडिजले एक गोल फर्काए ।

खेलको १३औं मिनेटमा कास्परले डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । पहिलो गोल गरे । २५औं मिनेटमा सावाले बराबरी गोल फर्काए । ३०औं मिनेटमा क्रिस्टियन इरिक्सनले पेनाल्टीमा गोल गर्दै डेनमार्कलाई २–१ को अग्रता दिलाए ।

६३औं मिनेटमा कास्परले व्यक्तिगत दोस्रो गोल गर्दा डेनमार्क खेलमा ३–१ ल्े अघि बढ्यो । ७३औं मिनेटमा युस्सुफले गोल गर्दै फराकिलो जिततर्फ डो¥याए । इन्ज्युरी समयको तेस्रो मिनेटमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ५–१ को फराकिलो जित दिलाए ।

जितसँगै डेनमार्क समूह ‘डी’ मा ५ अंक जोडेर दोस्रो स्थान उक्लिएको छ । जर्जिया ३ अंक जोडेर चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा आयरल्यान्डले जिब्राल्टारलाई २–० ले हरायो । जितसँगै आयरल्यान्ड ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । जिब्राल्टर अंकविहीन छ ।