विश्वकप:पेनाल्टी सुटआउटमा डेनमार्कलाई हराउँदै क्रोएशिया क्वार्टरफाइनलमा - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

विश्वकप:पेनाल्टी सुटआउटमा डेनमार्कलाई हराउँदै क्रोएशिया क्वार्टरफाइनलमा



काठमाडौं । क्रोएशियाले पनि विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । आइतबार राति सम्पन्न खेलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएशिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा डेनमार्कले खेलको पहिलो मिनेटमा नै अग्रता लिएको थियो । डेनमार्कको लागि माथिस जार्डेसनले गोल गरे । तर, चौथो मिनेटमा नै क्रोएशियाको लागि मारियो मान्जुकीले बराबरी गोल फर्कायो ।

खेलको पहिलो हाफमा १–१ गोलमा सकिएको खेलको दोस्रो हाफमा मात्रै होइन खेलको अतिरिक्त समयमा पनि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउटमा क्रोएशिया ३–२ गोलले विजयी भएको हो ।

खेलमा सुरुको सुरुमा नै क्रोएशियाका लुका मोड्रिचको पेनाल्टी डेनिस गोलकिपरले रोकेका थिए । त्यस्तै, क्रोएशियाको लागि मिलान बाडेड तथा जोसिप पिभारिकले पनि पेनाल्टीमा गोल गर्न सकेनन् । भन एन्ड्रेज कर्मारिक, लुका मोड्रिचको दोस्रो प्रहार तथा इभान राकेटिचको प्रहार गोलमा परिणत भएको थियो ।

त्यस्तै डेनमार्कको लागि क्रिस्टियन एरिक्सन, लास्ेि स्कोन तथा निकोलास गार्गेसनको प्रहार विफल भएको थियो । डेनमार्कको लागि सिमोन कायर तथा माइकल क्रोन डेको प्रहार गोलमा परिणत भएको थियो ।

क्रोएशियाको लायि इभान राकेटिचले गरेको गोल नै निर्णयक बन्यो । त्यसोत क्रोएशियाका गोलकिपर सुबासिकले पनि उत्कृष्ट बचाउ गरेका थिए ।