दिल्लीमा संक्रमित ह्वात्तै बढेपछि भोलिदेखि कर्फ्यु घोषणा - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

दिल्लीमा संक्रमित ह्वात्तै बढेपछि भोलिदेखि कर्फ्यु घोषणा



एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या तिव्र रूपमा बढेपछि रात्रिकालीन कर्फ्यु घोषणा भएको छ। राज्य सरकारले भोलीबाट कर्फ्यु लगाउने निर्णय गरेको हो।

राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लाग्नेछ। दिल्लीमा आइतबार २ सय ९० जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै, संक्रमणले एक व्यक्तिको मृत्यु भयो।

पछिल्लो समय संक्रमण दर ० दशमलव ५५ प्रतिशतले बढेको दिल्ली सरकार स्वास्थ विभागले जनाएको छ। सक्रिय संक्रमितको संख्या ११ सय ३ पुगेको छ।

दिल्लीमा कुल कोरोना संक्रमितको संख्या १४ लाख ४३ हजार ३ सय ५२ पुगेको छ। यसमध्ये २५ हजार १ सय ५ जनाको संक्रमणकै कारण ज्यान गइसकेको छ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७९ पुगिसकेको छ।