दिल्लीमा मदिरापछि पेट्रोलियम पदार्थमा बढाइयो कर - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

दिल्लीमा मदिरापछि पेट्रोलियम पदार्थमा बढाइयो कर



नयाँ दिल्ली – प्रान्तीय सरकारले दिल्लीमा मदिरापछि पेट्रोलियम पदार्थको पनि मुल्य बढाइएको छ। दिल्लीमा पेट्रोलियम पदार्थमाथी मुल्य अभिवृद्धि कर-भ्याट दर ३० प्रतिशत पुर्‍याएर मुल्य बढाइएको छ।

यसअघि दिल्लीमा पेट्रोलमाथी २७ प्रतिशत र डिजेलमाथी १६.७५ प्रतिशत भ्याट दर थियो। पछिल्लो मुल्यअनुसार दिल्लीमा पेट्रोलको मुल्य प्रतिलिटर ७१.२६ भारतीय रुपैयाँ छ। यसअघि ६९.५९ भारतीय रुपैयाँ थियो।

यसैगरि डिजेलको मुल्य प्रतिलिटर ६२.२९ रुपैयाँबाट बढेर ६९.३९ भारतीय रुपैयाँ पुगेको छ। यसअघि दिल्ली सरकारले मदिरामा ७० प्रतिशत कोरोना शुल्क लगाएर मुल्य बढाएको छ।