दिल्लीले दियो विशाल लक्ष्य: पुरा गर्न सके कोलकाताले रेकर्ड बनाउने - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

दिल्लीले दियो विशाल लक्ष्य: पुरा गर्न सके कोलकाताले रेकर्ड बनाउने



एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जितका लागि कोलकत्ता नाइट राइडर्सलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

२० ओभरका लागि २ सय २९ रनको विशाल लक्ष्य दिल्लीले कोलकाता सामु पस्किएको छ । यदि यो रन कोलकाताले पुरा गर्न सकेको खण्डमा सबैभन्दा ठुलो टार्गेट पुरा गर्ने किर्तिमान बनाउने छ ।

शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २८ रन बनायो । दिल्लीले आन्द्रे रसेलको अन्तिम ओभरमा मात्र ७ रन जोड्न सकेपछि आफ्नो आइपिएल इतिहासकै सर्वाधिक ठूलो इनिङ बनाउन चुकेको थियो ।

यो दिल्लीको सर्वाधिक दोस्रो ठूलो इनिङ हो । जारी प्रतियोगिताको सर्वाधिक ठूलो योगफल हो । दिल्लीले आइपिएल इतिहासमा बनाएको सर्वाधिक ठूलो योगफल २ सय ३१ रन छ । सन् २०११ मा किंग्स इलेभेन पन्जाबबिरुद्ध दिल्लीले ४ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो ।

दिल्लीलाई विशाल योगफल सम्म पुर्याउन कप्तान श्रेयस ऐरले सर्वोत्कृष्ट ब्याटिङ गरे । ऐर ३८ बलमा ७ चौका र ६ छक्का सहित ८८ रनमा अविजित रहे । ऋषभ पन्त १७ बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा क्याच आउट हुन पुगे । आन्द्रे रसेलको १८ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने क्रममा शिवम माभीबाट क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि पन्त र ऐरले ७२ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

शारजाहको छोटो बाउन्ड्रीको दिल्लीका ओपनरले सुरुवात देखिनै फाइदा उठाउँदै आक्रामक ब्याटिङका साथ चौका र छक्का प्रहार गरेका थिए । पहिलो विकेटका लागि ओपनर शिखर धवन र पृथ्वी शा ले ५.५ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर वरुण चक्रबर्तीको बलमा ठूलो सट खेलेका धवन स्क्विायर लेगमा २६ रनमा ओईन मोर्गनबाट क्याच आउट हुन पुगे । १६ बलमा २ चौका र धवनले २ छक्का प्रहार गरे ।

१३ औं ओभरको चौथो बलमा शा ६६ रनमा क्याच आउट हुन पुगे । कमलेश नगरकोटीको बलमा सुभमन लिगले क्याच लिदै शा लाई ४१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि शा र ऐरले ७३ रनको साझेदारी गरेका थिए । मार्कस स्टोइनिस १ रनमा आउट भए । शिम्रन हेटमायर ७ रनमा अविजित रहे ।

प्याट कमिन्सले ४ ओभरमा ४९ रन खर्चिदा विकेटविहिन बने । बरुणचक्रबर्तीले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट थिए । आन्द्रे रसेलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कमलेश नगरकोटीले ३ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।