दिल्लीमा फेरि बन्द भए विद्यालय - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

दिल्लीमा फेरि बन्द भए विद्यालय



काठमाडौं। भारतको दिल्लीका वातावरण मन्त्री गोपाल राईले देशको राजधानी शहरमा अर्को सूचना नआएसम्म भोलीबाट लागू हुनेगरी विद्यालयहरूको भौतिक कक्षा बन्द गर्ने निर्णय भएको जनाएका छन्। बढ्दो वायु प्रदुषणलाई ध्यानमा राखेर उक्त निर्णय गरिएको उनले बताएका छन्।

वायु प्रदुषणका कारण १३ नोभेम्बरदेखि बन्द रहेका शैक्षिक संस्थाका भौतिक कक्षाहरू २९ नोभेम्बरबाट पुनः सञ्चालनमा आएका थिए।

“हामीले वायुको गुणस्तरमा सुधार हुनेछ भनेर विद्यालय पुनः सञ्चालन गर्न निर्णय गरेका थियौँ । तर, वायु प्रदुषणको मात्र फेरी बढेकाले अर्को सूचना नआउँदासम्म भोली (३ डिसेम्बर)बाट विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छौँ”, राईले भने।

हिजो (१ डिसेम्बर)मा मात्रै भारतको सर्वोच्च अदालतले दिल्ली सरकारलाई शैक्षिक संस्थाका भौतिक कक्षाहरू पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो। अनलाइन कक्षाको विकल्प मात्रै पर्याप्त नभएको अदालतको धारणा थियो।