दिल्लीमा खतरनाक वायु प्रदुषण: मानिसको स्वास्थ्यमा गम्भीर समस्या - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

दिल्लीमा खतरनाक वायु प्रदुषण: मानिसको स्वास्थ्यमा गम्भीर समस्या



काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा प्रदुषणको अवस्था भयावह बनेको छ । दिल्लीमा गत पाँच दिनदेखि वायु प्रदुषण उच्चतम स्तरमा पुगेको हो।

वायु यति धेरै प्रदुषित भएको छ कि निकै खतरनाक प्रदुषण (पीएम २.५) हावामा उच्चतम स्तरमा पुगेको विज्ञहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

गत शुक्रबारदेखि सोमबारसम्म दिल्ली मात्रै होइन उत्तर प्रदेशका कतिपय सहरमा वायु प्रदुषण आफ्नो उच्चतम सीमामा पुगेको रेकर्ड गरिएको छ।

यस्तो हावामा सास फेर्नु यति खतरनाक हुन्छ कि पाको उमेरका मानिस, बालबालिका र बिरामीहरु तथा स्वासप्रस्वासमा समस्या भएकाहरुका लागि आपतकालीन स्वास्थ्य सेवाको आवस्यकता पर्न सक्ने विज्ञहरुले बताएका छन्।

स्वस्थ मानिसलाई पनि लामो समय यस्तो हावामा सास फेर्दा निकै घातक सावित हुने स्वास्थ्य विज्ञहरुले बताएका छन्।

तर दिल्लीलगायत उत्तर प्रदेशमा वायु प्रदुषण भएको यो पहिलोपटक होइन, पछिल्ला केही वर्षदेखि उत्तर प्रदेशका कैयौँ राज्यमा जाडोयाममा वायु प्रदुषणको समस्या हुँदै आएको छ।

दिल्लीको गंगाराम अस्पतालका फोक्सो क्यान्सर रोगका विशेषज्ञ डा अरविन्द कुमारका अनुसार उत्तर भारतका ठूा सहरमा प्रदुषणको यो ट्रेन्ड यदि यसरी नै जारी रह्यो भने यस क्षेत्रमा फोक्सोको क्यान्सरका बिरामीहरु निकै बढ्न सक्ने छन्।

गत वर्ष दिल्लीमा एक २८ वर्षीय युवती फोक्सोको क्यान्सरबाट पीडित भएकी थिइन, जो बिँडी, या चुरोट खाँदैन थिइन–मिडियाले लेखेका छन्।