दिल्लीलाई १६४ रनको लक्ष्य : सन्दीपले लिए ३ विकेट - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

दिल्लीलाई १६४ रनको लक्ष्य : सन्दीपले लिए ३ विकेट



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई जितका लागि १६४ रनको लक्ष्य दिएको छ  ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६३ रन बनायो ।

पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मन्दिप सिंहले ३० रन बनाए ।

पन्जाबविरुद्ध दिल्लीमा रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४० रन खर्चेर ३ विकेट लिए । यस्तै कागीसो राबडा र अक्षर पटेलले २/२ विकेट लिए ।

सन्दीपको टिम दिल्ली छैटौं जितको खोजीमा रहेको छ । दिल्लीले ९ खेलमा ५ जित निकालेको छ । १० अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।

पन्जाब पनि छैटौं जितको खोजीमा हुनेछ । चौंथो स्थानको पन्जाबले ९ खेलबाट १० अंक नै जोडेको छ  ।