दिल्लीमा अब नयाँ नियम : थुक्न समेत नपाइने - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

दिल्लीमा अब नयाँ नियम : थुक्न समेत नपाइने



एजेन्सी- भारत यतिबेला कोरोना महामारीको ठुलो युद्ध लडिरहेको छ । भारतको राजधानी दिल्ल्मा पनि ठुलो संख्यामा संक्रमित दिनदिनै भेटिएका छन् ।

कोरोना भाइरसका संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका बेला दिल्ली राज्य सरकारले नयाँ नियम ल्याएको छ।

दिल्ली सरकारका लेफ्टिनेन्ट गभर्नर अनिल बैजलले भौतिक दूरी र सुरक्षा मापदण्ड उल्लंघनका विषयमा नयाँ नियमका लागि अनुमति दिएका हुन्।

नयाँ नियम अनुसार भौतिक दूरी र सुरक्षा मापदण्ड पालना नगरेमा जरिवाना लाग्नेछ।

भौतिक दुरीको पालना, सार्वजनिक स्थान र बाटोमा मास्क नलगाएमा तथा सार्वजनिक स्थानमा सुर्ती सेवन र थुकेमा ५०० सय भारु जरिवाना लाग्नेछ।

पटकपटक नियम उल्लंघन गरेमा १ हजार रुपैयाँ भारु जरिवाना लाग्नेछ।