नयाँ कोरोना फैलिएपछि दिल्लीमा कर्फ्यु घोषणा - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

नयाँ कोरोना फैलिएपछि दिल्लीमा कर्फ्यु घोषणा



एजेन्सी- कोरोना भाइरसको नयाँ स्ट्रेन फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा कर्फ्यु घोषणा गरिएको छ।

अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा भीडभाड गर्दा महामारी झनै फैलने भन्दै दिल्ली आपतकालिन प्राधिकरण (डीडीएमए) ले आज राती (डिसेम्बर ३१) र भोलि (जनवरी १) को रातभर कर्फ्यु गराउने घोषणा गरेको हो।

डीडीएमएले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म दिल्लीमा कर्फ्यु लाग्ने जानकारी दिएको छ। नयाँ वर्षको पहिलो रातको ११ बजेदेखि अर्को दिन बिहान ६ बजेसम्म पनि दिल्लीमा कर्फ्यु लगाइने भएको छ।

सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी मानिसहरूलाई जमघट गर्न प्रतिबन्ध लगाइएको छ। नयाँ वर्षको उमंग मनाउन भीडभाड गर्न पनि पाइनेछैन।

उत्परिवर्तन (म्युटेसन) भएको भनिएको कोरोना भाइरसको नयाँ स्ट्रेनबाट भारतमा दुई दर्जनभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्।

नयाँ स्ट्रेन यसअघिको भन्दा ८० गुणा धेरै संक्रामक रहेको महामारी विज्ञहरूले बताएका छन्।