दिल्ली क्यापिटल्सलाई झट्का - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

दिल्ली क्यापिटल्सलाई झट्का



एजेन्सी – यो सिजनको आइपिएलमा आशालाग्दो खेलेको दिल्ली क्यापिटल्सलाई ठुलो झट्का लागेको छ । दिल्लीले निकै अनुभवी तथा आइपिएलका सर्वाधिक सफल स्पिनर अमित मिश्रा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० खेल्न नपाउने भएका छन् ।

खेलका क्रममा गम्भीर घाइते भएपछि मिश्राले खेल गुमाउने भएको हुन् । मिश्रा कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा घाइते हुन पुगेका थिए ।

शनिवार कोलकातासँगको खेलमा मिश्राको औंलामा चोट लाग्न पुगेको थियो । जसको कारण आइपिएलको पुरै सिजन नै गुमाउने भएका छन् । मिश्राले जारी आइपिएलमा ३ खेलमा तीन विकेट लिएका छन् ।

चेन्नईसँग विकेट बिहिन हुँदा हैदराबादसँग दुई र कोलकातासँग एक विकेट लिएका थिए । दिल्लीले मिश्रालाई पहिलो खेलमा किंग्स इलेभेन पन्जाबबिरुद्ध रविचन्द्रन आश्विन चोटिल हुँदा मौका दिएको थियो ।

योसँगै नेपाली लेग स्पिनर सन्दीप लामिछानेको सम्भावना बढेको छ । अब दिल्लीसँग भारतीय प्रमुख स्पिनर अफस्पिनर रविचन्द्रन आश्विन र अलराउन्डरको रुपमा अक्षर पटेल छन् । आश्विनले खराब प्रर्दशन गरेको खण्डमा त्यसको विकल्प नेपाली लेग स्पिनर सन्दीप लामिछाने हुने देखिन्छ । अक्षर निरन्तर अलराउन्डर कोटामा खेल्ने देखिन्छ । दिल्ली अक्षरलाई छाडेर एक प्रमुख स्पिनर नियमित खेलाउने छ ।

आश्विनले खराब प्रर्दशन गरेको खण्डमा सन्दीप विकल्प हुने छन् । दिल्लीले सन्दीपलाई मार्कस स्टोइनिस वा एनरिच नोर्टजे मध्य एकलाई बेन्चमा राखेर खेल खेलाउन सक्ने सम्भावना बढेको हो । दिल्लीले सुरुवाती चार खेलमा तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्टजे, शिम्रन हेटमायर र मार्कस स्टोइनिसलाई खेलाउँदै आएको छ ।

सुरुवाती चार खेलमा सन्दीप बेन्चमा बसेका छन् । टोलीको रणनीतिमा लेग स्पिनर आवश्यक परेमा दिल्लीसँग सन्दीप बाहेक अर्को विकल्प छैन । त्यसले गर्दा पनि सन्दीप दिल्लीको प्लेइङ ११ को रोजाईमा पर्ने देखिन्छ ।

दिल्लीले आजनै रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्दै छ । दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । पहिलो पटक उपाधि जित्ने सोचमा रहेको दिल्लीलाई अनुभवी लेग स्पिनर मिश्राले आइपिएल गुमाउँदा रणनीतिमा ठूलो असर पर्ने देखिन्छ । टोली सन्तुलनमा असर पर्ने देखिन्छ ।

३७ वर्षिय मिश्रा आइपिएलका सर्वाधिक सफल स्पिनर हुन् । उनले १ सय ५० खेलमा १ सय ६० विकेट लिदै सर्वाधिक विकेट लिने सूचिमा दोस्रो स्थानमा छन् ।