दिल्लीका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि : दिल्लीमा तनाव - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

दिल्लीका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि : दिल्लीमा तनाव



नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीका स्वास्थ्य मन्त्री सतेन्द्र जैनलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको छ ।

जैनलाई कोरोना संक्रमण भएको बीबीसीले पुष्टि गरेको हो । उनलाई संक्रमण पुष्टि भएपछि दिल्लीमा तनावको स्थिति बनेको छ ।

उनलाई बुधबार गरिएको दोस्रो परीक्षणमा कोरोनाको संक्रमण देखिएको बताइएको छ । उनलाई पहिलो परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको थियो ।

मन्त्री जैनले आइतबारको एउटा बैठकमा संघीय गृहमन्त्री अमित शाह, स्वास्थमन्त्री हर्षबर्धन, मुख्यमन्त्री अरबिन्द केजरीवालसँग भेट गरेका थिए ।

उनी सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि दिल्लीको राजिब गान्धी सुपर स्पेसिलिटी अस्पतालमा भर्ना भएका थिए ।