डेयरडेभिल्सले भन्यो- सन्दीपले आज कति विकेट लिन्छन ? - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

डेयरडेभिल्सले भन्यो- सन्दीपले आज कति विकेट लिन्छन ?



नामिबियामा नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई खेलिरहदा इण्डियन प्रिमियर लिग(आइपीएल) टोली दिल्ली सन्दिप माथि विशेष ध्यान दिएको छ ।

सन्दिपले खेल्ने हरेक खेलमा दिल्लीले विशेष टिप्पणी गर्दै आएको छ । यसअघिका तीन खेलमा लगातार सन्दीपका बारेमा आफ्नो विचार राखेको दिल्ली डेयरडेभिल्सले केन्या विरुद्ध जारी खेलअघि पनि सन्दीपका नाममा अर्को ट्वीट गरेको छ।

दिल्लीले नेपालका लागि तीन खेलमा सर्वाधिक विकेट लिएका सन्दीपले चौथो खेलका कति विकेट हात पार्लान भनेर सोधेको छ। सन्दीपले यसअघिका तीन खेलमा ९ विकेट लिदै नेपालका तर्फबाट उच्च विकेट टेकरका रुपमा रहेको समेत दिल्लीले उल्लेख गरेको छ।

दिल्लीले दुईसाता अघि मात्रै आइपीएलको ११औं सिजनका लागि सन्दीपलाई २० लाख भारुमा आफ्नो टिमसँग अनुबन्ध गरेको थियो।