भन्सार छली समान लैजाँदै गर्दा दिल्ली दाङ चल्ने बस समानसहित नियन्त्रणमा
नेपालगञ्ज : भारतको दिल्लीबाट दाङ्गको घोराही जान आएको यात्रुबाहक बस भन्सार छलेको सामान सहित नेपालगञ्ज भन्सार कार्यालयको नियन्त्रणमा परेको छ ।
नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार भारतको दिल्लीबाट नेपालगञ्ज हुँदै दाङ्ग जान आएको ना ६ ख ७११६ नंम्बरको राप्ती डिलक्स बसको फल्स बटम बक्समा (लुकाएको डिग्गी ) बाट भन्सार छलेर ल्याईएको मोटर पार्टर र लुब्रीकेन्ट (मोविल) बरामद भएको हो । बस आईतबार दिउसो भन्सारले नियन्त्रणमा लिएको हो ।
सो बक्सबाट बरमद सामान करिव ५० हजार बराबरको रहेको सो सामानसहित सामानका धनी धनेश्वर रेग्मी र बसका चालक भरत विष्टलाई नेपालगञ्ज भन्सार कार्यालयले नियन्त्रणमा लिई जनही ५०–५० हजार धरौटीमा छाडेको छ ।
बस र बररामद सामान नेपालगञ्ज भन्सार कार्यालयको नियन्त्रणमा रहेको छ । फल्स बटम बक्समा भन्सार छलेर लैजान लागेको सामान भन्सारकै कर्मचारीले चेक जाँचको क्रममा फेला पारेका थिए ।
You may be interested

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०९:००काठमाडौँ । भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने क्रममा उद्धार गरिएका १७९ जना काठमाडौँ ल्याइपुर्याइएकाे छ । मङ्गलबार…

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:५२काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच…

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:४२कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो…