चेन्नईको अगाडी दिल्लीको कन्तबिजोग - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

चेन्नईको अगाडी दिल्लीको कन्तबिजोग



काठमाडौं । चेन्नईको अगाडी दिल्लीको कन्तबिजोग भएको छ । दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गर्दै चेन्नई सुपर किंग्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गर्दै चेन्नई शीर्ष स्थान उक्लिएको हो ।

चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान महेन्द्र सिंह धोनीले अविजित ४४ रन जोड्दा फाप डु प्लेसिसले ३९ रन बनाए । रविन्द्र जडेजाले २५ रन बनाए ।

दिल्लीका जगदीश सुचिथले २ विकेट लिए । दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन ।

जितसंगै चेन्नईले १३ खेलबाट १८ अंक जोडेको छ ।