दिल्ली र चेन्नई भिड्ने, सन्दीप यसकारण खेल्छन
काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष दुई टोली बुधबार (आज) एक–अर्काबीच प्रतिस्पर्धा गर्दैछन् । पहिलो स्थानमा रहेको दिल्ली क्यापीटल्स र दोस्रो स्थानको चेन्नई सुपर किङ्सबीचको खेल शीर्ष स्थानका लागि हुनेछ ।
प्लेअफमा स्थान बनाइसकेका दुवै टोली जीतको खोजिमा छन् । दिल्ली र चेन्नईले खेलेका १२ खेलमा समान १६ अंक छ । यहि सिजनको पहिलो भेटमा चेन्नईले दिल्लीलाई ६ विकेटले पराजित गरेको थियो ।
चेन्नई घरेलु मैदानमा आज दिल्लीमाथि जित हात पार्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ । त्यस्तै, २०१२ पछि पहिलो पटक आईपीएलको प्लेअफमा पुग्न सफल दिल्ली आफुलाई शीर्ष स्थानमा यथावत राख्ने दौडमा छ ।
आईपीएलको सफल टोलीविरुद्ध दिल्लीबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने मैदान उत्रिने सम्भावना पनि उत्तिकै छ । यसअघि बैंग्लोरविद्धको खेलमा महङ्गा सावित भएपनि सन्दीप विकेट लिन सक्ने क्षमता भएका खेलाडी भएकाले उनले आजको खेलमा स्थान पाउने सम्भावना छ । उनी महङ्गा भएपनि खेल जीतेका कारण दिल्लीले उनलाई टिममा राख्न सक्छ ।
सन्दीप टोलीका लागि कठिन परिस्थितीमा पनि विकेट निकाल्न सक्ने खेलाडी भएकाले पनि उनलाई आजको खेलमा स्थान दिन सक्छ । सन्दीपले यो सिजनको आईपीएलमा रन नियन्त्रण गर्न नसकेपनि आफुले खेलेका ६ खेलमा ९ विकेट लिइसकेका छन् ।
सम्भावित दिल्लीको टोली
पृथ्वी श्वा, श्रयस अयर (कप्तान), रिसभ पन्त, शिखर धवन, कागिसो रबाडा, कोलिन इन्ग्राम, शेरफाने रुथफोर्ड, अक्जर पटेल, अमित मिश्रा, इसान्त शर्मा, सन्दीप लामिछाने