ऋषभ पन्तले विष्फोटक ब्याटिङ : मुम्बई इन्डियन्सलाई विशाल लक्ष्य - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

ऋषभ पन्तले विष्फोटक ब्याटिङ : मुम्बई इन्डियन्सलाई विशाल लक्ष्य



एजेन्सी – विकेटकीपर ऋषभ पन्तले विष्फोटक ब्याटिङ गरेपछि ईन्डियन प्रिमियर लिग (आईपीएल)को तेस्रो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ ।

वानखडे क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १३ रन बनायो । मात्र १८ बलमा अर्धशतक पुरा गरेका पन्तले २७ बलमा समान ७ छक्का र चौका प्रहार गर्दै ७८ रनमा अविजित रहे । पन्तले विश्फोटक ब्याटिङ गरेपछि दिल्लीले विशाल योगफल तयार पार्न सफल भयो ।

कोलिन इनग्रामले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४७,ओपनर शिखर धवनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४३,पृथ्वी शा ७, कप्तान श्रेयर ऐरले १६,किमो पल ३ र अक्षर पटेल ४ रनमा आउट भए । राहुल टेवाटिया ९ रनमा अविजित रहे ।

मुम्बईका लागि मिचेल म्याकक्लेनाघनले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्या,बेन कटिङ्ग र जसप्रित बुमराहको नाममा समान एक विकेट रह्यो । नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने दिल्लीको प्लेइङ ११ मा अटाएका छैनन् ।