आज दिल्ली क्यापिटल्सले मार्ला त बाजी ? - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

आज दिल्ली क्यापिटल्सले मार्ला त बाजी ?



एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज शुक्रबार दोस्रो क्वालिफायर खेल हुँदैछ । जसमा दिल्ली क्यापिटल्स र चेन्नेई सुपर किंग्सबीच प्रतिस्पर्धा गर्दैछन ।

विशाखापटनममा हुने यो खेल साँझ पौने ८ बजे सुरु हुने जनाइएको छ । यसको सर्वत्र ब्यग्र प्रतीक्षा हुँदैछ । एकातिर साविक बिजेता चेन्नई सुपर किंग्स जो आइपिएलको कुशल समूह हो भने पहिलो पल्ट फाइनलको अनुहार हेर्ने मौका पाएको दिल्ली क्यापिटल्स पहिले भन्दा अत्यन्त परिपक्क देखिएको समूह हो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली पहिलो पटक आईपीएलको फाईनल पुग्दै ईतिहास रच्ने दाउमा छ । तर चेन्नेईलाई हराउँदै फाईनलको टिकट काट्नु दिल्लीका लागि निकै कठिन छ ।

चेन्नेईले लिग चरणको खेलमा ८० रनले हराउँदै शीर्ष दुईमा पर्ने दिल्लीको सपनामा टुटाएको थियो ।

बुधबार हैदरावादविरुद्व संघर्षपुर्ण जितले दिल्लीले क्वालिफायरमा स्थान पक्का गरेको थियो । जसमा ऋषभ पन्तले उल्लेख्य भुमिका निर्वाह गरेका थिए ।

सोही कारण समेत दिल्लीको टिमको मनोबल उच्च भएको हुन सक्छ । पन्तले दिल्लीबाट विजयी पारी त खेल्न सकेनन् । तर दोस्रो क्वालिफायर खेलमा आलोचकको मुख बन्द गराउने अवसर ऋषभलाई छ ।

अर्का युवा खेलाडी पृथ्वी शले ५६ रनको अर्धशतकीय पाली खेले । पछिल्ला तीन खेलमा कम रन बनाएर आलोचना भोगेका उनले हैदरावादविरुद्व जितको आधार तय गरेका थिए ।

कागिसो राबाडाको स्थानमा दिल्लीका ट्रेन्ट बोल्ट र इशान्त शर्माले राम्रो प्रर्दशन गरेका थिए । अनुभवी स्पिनर अमित मिश्राले किफायती बलिङ गर्दै एक विकेट समेत लिएका थिए ।

यता चेन्नेईलाई दबाबपुर्ण खेल खेल्ने बानीनै छ । तीन पटकको विजेता चेन्नेई चार पटक उपविजेता समेत भएको छ । पहिलो क्वालिफायर खेलमा मुम्बई ईन्डियन्ससंग पराजित भएपनि खेलमा फर्कने अवसर चेन्नेईलाई प्राप्त छ ।

मुम्बईविरुद्वको कमजोर ब्याटिङलाई कप्तान धोनी सुधार गर्ने अपेक्षा गरेका छन् । स्टार ब्याटसम्यान सेन वाटसन हैदरावादविरुद्व ५६ बलमा ९६ रन बनाउनु बाहेक अरु खेलमा रन बनाउन सकिरहेका छैनन् ।

विजेता टिमले उपाधिका लागि मुम्बईसंग प्रतिस्पर्धा गर्नेछ ।