हैदराबाद आउट - दिल्लीले बाजी मार्‍यो - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

हैदराबाद आउट – दिल्लीले बाजी मार्‍यो



एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरमा छनोट भएको छ ।

एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादको चुनौती पार गर्दै दिल्लीले क्वालिफायरमा चेन्नई सुपर किङ्ग्ससँगको भिडन्त पक्का गरेको हो ।

१ सय ६३ रनको मध्यम लक्ष्य दिल्लीले अन्तिम ओभरमा ७ विकेट गुमाएर पुरा गऱ्यो ।

ओपनर पृथ्वी शाले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दै दिल्लीको जितको रेखा कोरे ।

शाले ३८ बलमा ६ चौका र २ छक्काको मदलते सो स्कोर खडा गरेका थिए ।

ऋषभ पन्त अर्धशतक बनाउन १ रनले चुके ।

शिखर धवन १७ रनमा आउट भएको खेलमा श्रेयश लेयर ८ रनमा प्याभिलियन फर्किए ।

हैदराबादका खलील अहेमद र रसिद खानले समान २/२ विकेट लिए ।

यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

मार्टिन गुप्टिलले बनाएको ३६ रन टोलीको सर्वाधिक स्कोर रह्यो । मनिष पाण्डेले ३० र कप्तान केन विलियम्सले २८ रन बनाए । विजय शङ्करको नाममा २५ रन रह्यो ।

दिल्लीका इशान्त शर्माको नाममा सर्वाधिक २ विकेट रह्यो ।

विजेता दिल्लीले फाइनल प्रवेशका लागि चेन्नई सुपर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो क्वालिफायर खेलमा जित निकाल्दै मुम्बई इन्डियन्स प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।