एकाएक डेल विश्वकपबाट आउट भएपछी, दक्षिण अफ्रिका तनावमा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

एकाएक डेल विश्वकपबाट आउट भएपछी, दक्षिण अफ्रिका तनावमा



१२औँ संस्करणको आइसीसी क्रिकेट विश्वकपको सुरुवाती दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को झड्का लागेको छ। फास्टर बलर डेल स्टेन कुमको चोटका कारण विश्वकपबाट बाहिरिएका छन्।

विश्वकप सुरु हुनुअघि पूर्ण फिट नरहेका स्टेनले इंगल्याण्ड र बंगलादेश विरुद्धको खेल गुमाएका थिए।

यसअघि अर्का फास्ट बलर लुंगी एनगिदी पनि चोटका कारण १० दिनका लागि विश्वकपबाट बाहिरिएका छन्। दक्षिण अफ्रिकाले तेस्रो खेल भोली भारतसँग खेल्दैछ।

दक्षिण अफ्रिकाले स्टेनको स्थानमा अब देब्रे हाते फास्ट बलर बेउरान हेन्ड्रिक्सलाई टिममा समावेश गरेको छ।