देउवाले दिए शशांकलाई चेतावनी ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

देउवाले दिए शशांकलाई चेतावनी !



कांग्रेस महामन्त्री शशांक कोइरालाले पछिल्लो समय सभापति शेरबहादुर देउवाले आफ्ना कुरा सुन्न छाडेको बताएका छन् । पार्टीलाई एक बनाएर अघि बढाउनका लागि आफूले सभापतिलाई साथ दिए पनि अब आजित भइसकेको उनले बताए ।

प्रजातान्त्रिक विचार समाजले आइतबार आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘मेरै कुरा पनि सुन्न छाड्नुभयो, महासमिति बैठक बोलाउनुस् भनेर पटक–पटक भनें तर मान्नुभएन । ‘विधान मस्यौदा समितिका लागि नाम दिनुस् भनेर देउवाजी र रामचन्द्रजी दुवै जनालाई धेरैपटक भनें, अहिलेसम्म दिनुभएको छैन ।’

सभापति देउवाको साथ दिँदा धेरैले देउवाको मान्छे भनेको गुनासो गर्दै उनले भने, ‘म न देउवाको मान्छे हुँ, न त पौडेलको ।’ आफ्नो लक्ष्य कसैको मान्छे बन्ने भन्दा पनि पार्टीलाई एक बनाउने रहेको उनको भनाइ थियो । ‘एमाले र माओवादी मिलेर एक हुन सक्छन् भने एउटै पार्टीका नेता किन एक हुन सक्दैनन् रु हेर्दै जानुहोस् म यो पार्टीलाई एक बनाउँछु ।’ उनले अहिलेकै तालले भदौमा महासमिति बैठक बस्न नसक्ने बताए । ‘भदौमा किन बस्दैन भन्ने प्रश्नको उत्तर म दिन सक्दिनँ तर असोज पहिलो साताभित्र भने पक्कै बस्छ,’ उनले भने ।

कार्यक्रममा केन्द्रीय सदस्य शेखर कोइराला भने सभापति देउवाप्रति निकै आक्रोशित देखिए । ‘मलाई त सभापतिको वार्निङ भइसकेको छ,’ उनले भने, ‘तर म सत्य कुरा बोल्न छाडदिनँ । म्याक्सिमम के गर्नु हुन्छ, पार्टीबाट निकाल्नु हुन्छ रु निकाल्नुहोस्, मलाई डर छैन ।’ पार्टी गुट–उपगुटका कारण होइन, गिरोहका कारण लथालिंग भएको उनको भनाइ थियो । भदौभित्र महासमिति बैठक सम्पन्न नभए देउवाको नेतृत्व विफल भएको ठहरिने उनले बताए । कान्तिपुर दैनिकबाट ।