गगनलाई दीपशिखाको चेतावनी - हामीले सरकार छोडेको दिन बुढानिलकण्ठको बार्दलीमा पुग्ने हो, ख्याल गर्नुस् - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

गगनलाई दीपशिखाको चेतावनी – हामीले सरकार छोडेको दिन बुढानिलकण्ठको बार्दलीमा पुग्ने हो, ख्याल गर्नुस्



नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले कांग्रेसका महामन्त्री गगन थापालाई आफूहरूले सरकार छोडे कांग्रेस बुढानिलकण्ठको बार्दलीमा पुग्ने चेतावनी दिएका छन् ।

दीपशिखाले सामाजिक संजाल फेसबूकमा लेख्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले भनेका छन् – विरालोले `यो घरका सबै मरे, सबै दुध म मात्रै खान्थे’ भन्ने उखानको ख्याल आयो ।
मित्र गगन जि,
तपाईको एकल बहुमतको सरकारमा हामी झुण्डिएका होईनौं ! हाम्रो ढाडमा टेकेर एमसिसि बोकेर बुर्कुसि मारिरहेको सरकार हामीले छोडेको दिन बुढानीलकण्ठको बार्दलीमा पुग्ने हो ।
अॅ बरू भन्नुस् त – मुलुकको स्थिरता, राष्ट्रवाद र गठबन्धनका लक्ष्यभन्दा रास्ट्रघाति एमसिसि किन प्रिय लागेको ? कांग्रेसको अगुवाईमा भएका महाकालि, टनकपुर, कोशि जस्ता सम्झौताले देशले के पायो ? रास्ट्रघात भयो कि रास्ट्रबाद ?’