महेश बस्नेतलाई दीपशिखाले दिए चेतावनी: तिम्रा दिन गए, धेरै चुरीफुरी नगर - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

महेश बस्नेतलाई दीपशिखाले दिए चेतावनी: तिम्रा दिन गए, धेरै चुरीफुरी नगर



काठमाडौं- नेकपा माओवादी कन्द्रको भातृ संगठन वाईसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले महेश बस्नेतलाई चेतावनी दिएका छन् । सापकोटाले आउँदो निर्वाचनमा बस्नेतको हालत खराव हुने भन्दै जितेर देखाउन बस्नेतलाई चेतावनी दिए ।

उनले बस्नेतहरूलाई चुरीफुरी धेरै नगर्न र हिम्मत भए आगामी निर्वाचन जितेर देखाउन चेतावनी दिए । चितवनको इच्छाकामनामा वाईसीएल र अखिल(क्रान्तिकारी)को संयुक्त भेलामा प्रमुख अतिथिको रूपमा सम्बोधन गरेका सापकोटाले महेश बस्नेतहरूका दिन गैसकेको टिप्पणी समेत गरेका थिए ।

जनयुद्धमा बन्दुक बोकेर जनयुद्धमा होमिएका युवाहरू अहिले परिवर्तन भएर अब्बल बनेको उनको दाबी थियो । परिवर्तित सन्दर्भमा आजको पछिल्लो प्रविधि प्रयोग गर्ने अत्याधुनिक युवाहरूमा पनि अब्बल दस्ता निर्माण गरिने सापकोटाले दाबी गरेका थिए । वाईसीएल सहरका युवाहरूमाझ सबैभन्दा लोकप्रिय र पुनः मुलुकको पहिलो सङ्गठन बनाइने दाबी गरे ।

उनले अगाडी भने “समाजको हर क्षेत्रका उत्कृष्टहरूलाई वाईसीएलमा ल्याइने छ, एउटा राम्रो खेलाडी, राम्रो कलाकार, उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाईसीएल बन्न लामो समय कुरेर क्रियाशील भइरहन जरुरी हुन्न। राष्ट्रको योगदान दिने हरेक व्यक्ति वाईसीएलको सदस्य हुने हक स्वतः राख्छ ।”

अखिल(क्रान्तिकारी)का उपमहासचिव जेपी मैनाली सहित वाइसियलका निवर्तमान सचिव द्वय दिवस पाण्डे र केयर सिंह कुवर , लुम्बिनी प्रदेश संयोजक जितेन्द्र पुन, नेताहरु सन्तोष पनेरु, साजन अधिकारी , तथा अखिल(क्रान्तिकारी) नेताहरु बसन्त आचार्य र अविनाश रम्तेलले शुभकामना मन्तव्य राखेको इच्छाकमना भेलाले वाईसीएल अध्यक्षमा झलक गुरुङ र अखिल(क्रान्तिकारी) अध्यक्षमा सुमित्रा प्रजाको नेतृत्वमा नयाँ टिम निर्वाचित गरेको छ ।

कार्यक्रममा नेपाली काँग्रेस र एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका साठी विभिन्न व्यक्तिहरूलाई माओवादी (केन्द्रका) केन्द्रीय सदस्य समेत रहेका सापकोटाले टिका र खादा लगाएर स्वागत गरेका थिए ।