दीपिका- रणवीरको बिहेमा मोबाइल तथा क्यामरा लैजान निषेध ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दीपिका- रणवीरको बिहेमा मोबाइल तथा क्यामरा लैजान निषेध !



मुम्बई । बलिउड क्षेत्रका प्रेमजोडी दीपिका पादुकोण र रणवीर सिंहले आगामी नोभेम्बर २० तारिखमा विवाह बन्धन बाँधिदै छन् । उनीहरुको विवाह भने इटालीको ‘लेक कोमो’ हुने तय भइसकेको छ ।

यो बिहेमा मिडियालाई भने पहुँच दिइने छैन । यतिमात्र होइन, बिहेमा सहभागी हुने पाहुनाहरुलाई पनि मोबाइल तथा क्यामरा बोक्न नदिइने जनाइएको छ । बिहेमा करिब ३० जनालाई मात्र डाकिने छ।

स्रोतले भन्यो, ‘रणवीर र दीपिका चाहँदैनन् कि उनीहरुको बिहेको तस्वीर अरु आफन्तले सामाजिक सञ्जालमा हालिदिउन् । उनीहरु आफ्नै एकाउन्टबाट मात्रै फोटो सार्वजनिक गर्न चाहन्छन् ।’

यसअघि बिराट कोहली र अनुश्का शर्मा तथा सोनम कपुर र आनन्द आहुजाको बिहेको तस्वीरहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति बनेका थिए । आफूहरुको पनि यस्तै होस भन्ने रणवीर र दीपिकाले चाहेका छैनन् । तर, बिहेमा आएका पाहुनालाई मोबाइल बोक्नै नदिने उनीहरुको रणनीति सफल होला भन्ने चाहिँ ठोकुवा गर्न सकिँदैन । व्यवहारिकरुपमा यसो गर्न निकै कठिन हुने छ ।

यतिबेला दुवै पक्षको परिवार विवाहको तयारीमा जुटिसकेका छन् । इटलीमा बिहे गरेपछि मुम्बईमा फर्केर ग्रान्ड पार्टी दिने तयारी छ । एजेन्सीको सहयोगबाट