कुलमान घिसिङको समर्थनमा दिपकराज गिरीले चलाए ‘ब्ल्याक आउट’ अभियान
काठमाडौं – कलाकार दिपकराज गिरीले थालेको कुलमान घिसिङलाई नै पुनः नियुक्त गर्नुपर्ने अभियानमा अन्य कलाकारले समेत समर्थन जनाएका छन् ।
उनले सामाजिक संजाल मार्फत नेपाल विद्याुत प्राधिकरणको कार्यकारी निर्देशकमा कूलमान घिसिङलाई नै पुनः नियुक्त गर्नुपर्ने भन्दै ‘ब्याक आउट’ अभियान चलाएका छन् ।
पछिल्ल केहिदिन यता कुलमानलाई पुन: नियुक्ति गर्नुपर्ने भन्दै जनस्तरबाट समर्थन आइरहेका छन् । कलाकार दीपकराज गिरीले कुलमानको नियुक्तीका लागि दबाब दिन आग्रह गर्दै चलाएको अभियानले पनि चर्चा पाइरहेको छ । उनको सो अभियानमा अन्य कलाकारहरुले पनि समर्थन जनाएका छन् ।
उनले सामाजिक संजालमा सरकारलाई दबाब दिनका लागि आजबाट हरेक साँझ बत्ती निभाएर ऐक्यबद्धता जनाउन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘आदरणिय साथिहरू, कुलमानजीको पुनर्नियुक्तिको लागि जनदबाब स्वरूप आजबाट हरेक सॉझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्ता प्रकट गरौं।’
![](https://himalpost.com/wp-content/uploads/2020/09/black-out-768x576.jpg)