दीपाश्री निरौलाले माफी मागिन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

दीपाश्री निरौलाले माफी मागिन



काठमाडौं- कलाकार तथा निर्देशक दीपाश्री निरौलाले माफी मागेकी छन् । आफूले दिएको अभिव्यक्तिले गलत अर्थ बुझिन गएको भन्दै दीपाश्रीले माफी मागेकी हुन् ।

निरौलाले अभिनेता राजेश हमालका विषयमा आफूले दिएको अभिव्यक्ति गलत अर्थ बुझिन गएको भन्दै हमालका फ्यानसँग माफी मागेकी छन्।

सामाजिक संजाल फेसबुकमा लामो पत्र लेख्दै निरौलाले भनेकी छन्, ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनु हुनेछ।

तर उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पीडामा मलम पनि लगाउन सक्नुपर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाइ भगवान् नै बनाउने पक्षमा म थिइनँ र छैन पनि। तथापि मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकामा भने म सबै हमालज्यूका फ्यानहरूसँग माफी माग्दछु।’

कलाकार निरौलाले के कारणले यो पत्र लेखेकी हुन् प्रष्ट पारेकी भने छैनन् ।

यस्तो छ उनको पत्र