डेब्यू खेलमै चहलले बनाए कीर्तिमान - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

डेब्यू खेलमै चहलले बनाए कीर्तिमान



काठमाडौं  -जारी विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकालाई भारतले ६ विकेटले पराजित गर्‍यो। यस खेलमा पहिलो विश्वकप खेलिरहेका युजवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए।

४ विकेट लिएसँगै उनले आफ्नो नाममा भारतीय रेकर्ड पनि दर्ता गरेका छन्।

१० ओभर बलिङ गर्दै ५१ रन दिएर ४ विकेट लिएका चहलको यस प्रदर्शनले उनलाई विश्वकप डेब्यू म्याचमा उत्कृष्ट प्रदर्शन गर्ने दोश्रो भारतीय खेलाडी बनाएको छ।

पहिलो नम्बरमा यो कीर्तिमान मोहम्मद शमीको नाममा छ। उनले सन् २०१५ मा पाकिस्तान विरूद्ध ३५ रन खर्चेर ४ विकेट लिएका थिए। चहल भन्दा यस म्याचमा शमीको प्रदर्शन अझ राम्रो छ।

चहलले यस उपलब्धिसँगै विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका विरूद्ध ४ विकेट लिने पहिलो भारतीय खेलाडी समेत बनेका छन्। यस म्याचमा उनले फफ डु प्लेसिस र वान दर डुसेनलाई बोल्ड गरे भने डेबिड मिलरलाई क्याचआउट गराए भने फेहलुकवायोलाई स्टंप गराएका थिए।

विश्वकपमा भारत र दक्षिण अफ्रिका पाँचौ पटक एकअर्कासँग खेलिरहेका छन्। पहिले खेलिएका म्याचमा कुनै पनि खेलाडी ४ विकेट लिन सफल भएका थिएनन्। यसअघि उनीहरू विरूद्ध हरभजन सिंह तथा रविचन्द्रन अश्विनको नाममा छ।

उनीहरूले यो प्रदर्शन क्रमशः सन् २०११ र २०१५ मा गरेका थिए। त्यतिबेला उनीहरूले समान ३-३ विकेट लिएका थिए।

यसैगरी विश्वकपमा पनि कुनैपनि भारतीय बलरले दक्षिण अफ्रिका विरूद्ध सर्वाधिक २ विकेट मात्र लिएको इतिहास छ। ती विकेट मोहम्मद शमी र मोहित शर्माले सन् २०१५ को विश्वकपमा लिएका थिए।

यसैगरी सन् २०११ को विश्वकपमा मुनाफ पटेलले पनि २ विकेट लिएका थिए भने सन् १९९९ को विश्वकपमा जवागल श्रीनाथले २ विकेट लिएका थिए। एजेन्सी