एकै परिवारका ११ जनाको शव फेला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एकै परिवारका ११ जनाको शव फेला



काठमाडौं । नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । सबै शवहरु झुण्डिएको अवस्थामा फेला परेको छन् । आँखा तथा मुखमा पट्टी बाँधिएको अवस्थामा शवहरु फेला परेका हुन् ।

बालबच्चासहित ७ महिला र ४ पुरुषको शव बुराडीको सन्तनगर इलाकाको एक घरमा फेला परेको हो । सबै जना एकै परिवारका सदस्य रहेको स्थानीयबासीले बताएका जानकारी दिएका छन् । प्रहरीले छरछिमेकसँग सोधपुछ तथा अनुसन्धान गरिरहेको जानकारी स्रोतले जनाएको छ ।

प्रहरीले बताए अनुसार आइतबार बिहान एक जना छिमेकीले घरको आँगनमा जालमा केही शव झुण्डिएको देखेपछि तुरुन्त वरपरका बासिन्दालाई बोलाएर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा घरको ढोका खुल्लै रहेको र केही शव घरको आँगनमा झुण्डिएको अवस्थामा थिए तथा केही शव घरभित्र पंखामा झुण्डिएका थिए भन्ने जानकारी प्रहरीले दिएको छ ।

स्रोतका अनुसार पुलिसले पूरा घरलाई सिल गरेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । वृद्ध महिलाको परिवारमा उनका दुई छोरासमेत कूल ११ सदस्य थिए । दुई छोराको नाम ललित र भुपी भाटिया हो । वृद्ध महिलाका बुहारीको नाम टीना र सविता भाटिया बताइएको छ । मृत्यु हुनेमा महिलाका तीन नातिनी र अन्य दुई नाती पनि छन् । वृद्ध महिलाको छोरीको नाम बेबी बताइएको छ ।