करेन्ट लागेर दुई जनाको मृत्यु - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

करेन्ट लागेर दुई जनाको मृत्यु



नेपालगञ्ज | विद्युतको हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेण्ट लागेर बाँके राप्ती सोनारी गाउँपालिका–६ मेहबानपुरका दुई युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ बजे विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खसेपछि करेण्ट लागेर सोही स्थानका ३४ वर्षीय सुरेश चौधरी र २२ वर्षीय टीकाराम चौधरीको मृत्यु भएको छ । सो घटनामा तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

करेण्ट लागेर दुईवटा गाई, दुईवटा भैँसी र पाँचवटा बंगुर मरेका छन्, भने करेण्टका कारण केही घरमा आगो लागेको बताइएको छ । प्रहरीले घटनाको छानबीन गरिरहेको छ ।

-फाइल फोटो

रासस