डीडीसी घ्यु जापान निर्यात: चारदेखि पाँच सय मेट्रिक टन लैजाने सम्झौता - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

डीडीसी घ्यु जापान निर्यात: चारदेखि पाँच सय मेट्रिक टन लैजाने सम्झौता



काठमाडौं- दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको छ ।

अझै १५ हजार लिटरको अर्डर भएको डीडीसीका महाप्रबन्धक रुद्रमणि पौडेलले बताए । जापानका व्यापारीले नेपालका व्यापारीसँग सम्पर्क गरी घिउ लाने गरेको उनले बताए । जापानका व्यापारीहरू नेपाल आएर डीडीसीको कारखाना अवलोकन गरी उत्पादन प्रक्रिया तथा गुण‚तर हेरेपछि घिउ लान तयार भएको डीडीसीका योजना तथा बजार व्यव‚थापन विभाग प्रमुख सञ्जीव झाले बताए ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले गुण‚तरको प्रमाणित गरेपछि जापानका व्यापारी घिउ लैजान तयार भएका हुन् । डीडीसीले जापानी व्यापारीको उपस्थितिमा यहाँबाट निर्यात गर्ने व्यापारीसँग सम्झौता गरेको छ । प्रत्येक महिना चार–पाँच सय मेट्रिक टन घिउ लग्ने सम्झौता भएको प्रमुख झाले बताए ।