सन्दीपको दिल्ली हैदरावादसंग यसरी भयो पराजित - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सन्दीपको दिल्ली हैदरावादसंग यसरी भयो पराजित



एजेन्सी । सनराइजर्स हैदरावादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित  निकालेको छ ।

बिहिबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै हैदरावादले तेस्रो जित निकालेको हो ।

फिरोज कोट्ला स्टेडियममा दिल्लीले दिएको १३० रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । हैदरावादको जितमा जोनी बेर्सस्टोले आक्रामक ब्याटिङ गर्दै ४८ रन बनाए । उनले २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

हैदरावादविरुद्ध सन्दीपले  ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४३ रन जोडे ।

यस्तै दिल्लीका लागि अक्षर पटेलले अविजित २३ रन जोड्दा क्रिस मोरिसले १७ रन जोडे । शिखर धवन १२ रनमा आउट हुँदा पृथ्वी शले ११ रन जोडे ।

हैदरावादका भुवनेश्वर कुमार, मोहमद नाबी सिद्धार्थ कउलले २/२ विकेट लिए ।

जितसंगै हैदरावादले ४ खेलमा ३ जितसहित ६ अंक जोडेको छ  ।