दिल्ली भर्सेस हैदराबाद - इतिहास बदल्ने अवसर - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

दिल्ली भर्सेस हैदराबाद – इतिहास बदल्ने अवसर



काठमाडौं -जारी आइपिएलको प्लेअफ चरणको ईलिमिनेटर राउण्डमा आज क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुदैछ । बिशाखापटनममा हुने खेल साँझ नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

तेस्रो स्थानमा रहेको दिल्लीले चौथो स्थानमा रहेको हैदराबादसंग इलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्न लागेको हो ।

पछिल्ला खराब सिजनमा पुर्णविराम लगाउँदै दिल्लीले प्ले अफमा स्थान बनाएको हो । सन् २०१२ यता दिल्लीले समुह चरण पार गर्न पार गर्न सकेको थिएन । कप्तान श्रेयस लेयरको कप्तानीमा दिल्लीले पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलिरहेको छ । नामसंगै दिल्लीको भाग्य समेत परिवर्तन भएको धेरैको बुझाई छ । दिल्लीले पछिल्ला पाँच मध्य दुई खेलमा जितेको छ ।

यस सिजन भ्रमणकारी टोलीको रुपमा दिल्लीको नतिजा उत्कृष्ट छ । उसले ७ मध्य ५ खेल जितेको छ । धेरै क्षेत्रमा दिल्ली निराशाजनक रुपमा चिनिने गर्दछ । शीर्ष स्थानका ब्याट्सम्यान पृथ्वीका शाको फर्म र मध्य क्रमका व्याट्सम्यानबाट निस्कने रनले दिल्लीलाई चिन्ता थपेको छ । तर इशान्त शर्माले पछिल्लो खेलमा राजस्थानविरुद्व उत्कृष्ट बलिङ प्रर्दशन गरेका थिए । उनको कागोसो राबाडाको अभाव महशुश हुन दिएनन् ।

सनराइजर्सको प्रर्दशन यस सिजन औसत छ । उसले तीन जित, तीन हार र दुई जित र दुई हार सहित प्लेअफमा स्थान बनाएको हो । प्लेअफमा छनोट हुनु अघि निरन्तरको दुई हार सनराइजर्सको चिन्ताको बिषय हो ।

सनराइजर्ससंग पहिलो रोजाईका दुई मुख्य खेलाडी रहने छैनन । डेबिड वार्नर र जोनी बेयस्टाेकाे बहिर्गमनकाे असर क्लबकाे प्रर्दशनमा अवश्य पर्नेनै छ ।

सनराइजर्सलाई मध्यक्रमका ब्याट्सम्यानबाट बनेको कम रन चिन्ताको बिषय हो । भ्रमणकारी टोलीको रुपमा हैदराबादको नतिजा अझ निराशाजनक छ । उनसले ७ मध्य १ खेलमात्र जितेको छ ।

हेड टु हेड :

खेल–१४

दिल्ली–५ मा जित

हैदराबाद–९ मा जित