स्टोनिस फेरि चम्किए: बेंगलोरलाई जित निकाल्न कठिन - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

स्टोनिस फेरि चम्किए: बेंगलोरलाई जित निकाल्न कठिन



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले जितका लागि रोयल च्यालेन्जर्स बैंगलोरलाई १ सय ९७ रनको फराकिलो लक्ष्य दिएको छ ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।

बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । इशुरु उडाना र मोइन अलीले १/१ विकेट लिए ।

आज दिल्ली चौंथो जितको खोजीमा रहेको छ । अघिल्ला ४ खेलमा ३ जितसहित ६ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।

दिल्ली बैंगलोरलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । बैंगलोर पनि चौंथो जितको खोजीमा रहेको छ । बैंगलोर ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दिल्लीलाई हराएर बैंगलोर पनि शीर्ष स्थानमा उक्लन चाहन्छ ।