दिल्लीलाई १६९ रनको लक्ष्य : बन्ला त छैटौं जित ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

दिल्लीलाई १६९ रनको लक्ष्य : बन्ला त छैटौं जित ?



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस  जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो ।

मुम्बईका लागि कुर्नाल पाण्डयाले अविजित ३७ रन जोड्दा क्विनटन डी ककले ३५ रन जोडे  ।

आज सन्दीपको टिम दिल्ली मुम्बईविरुद्ध छैटौं जितको खोजीमा रहने छन् । दिल्लीले ८ खेलमा ५ जित निकालेको छ । १० अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।

मुम्बईलाई हराएर दिल्ली शीर्ष स्थानको चेन्नई सुपर किङ्सविरुद्धको अंक दुरी कम गर्ने योजनामा हुनेछ । चेन्नईको १४ अंक रहेको छ ।

तेस्रो स्थानको मुम्बई दिल्लीलाई हराएर दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ  । मुम्बईले ८ खेलबाट ५ जितसहित १० अंक नै जोडेको छ ।

मुम्बईविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई खेलाएको छैन ।