दिल्लीले दियो १५६ रनको लक्ष्य : ७ विकेटको क्षति - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

दिल्लीले दियो १५६ रनको लक्ष्य : ७ विकेटको क्षति



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो  ।

दिल्लीका लागि कप्तान श्रेयस आयरले ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए । यस्तै ऋषब पन्तले २३ रन जोड्दा अक्षर पटेल अविजित १४ रन बनाए ।

हैदरावादका खालिद अहमेदले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।

हैदरावादविरुद्ध दिल्लीले नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भने खेलाएन् ।

आज दिल्ली पाँचौ जितको खोजीमा रहेको छ । दिल्लीले ७ खेलमा ४ जित निकालेको छ । ८ अंक जोडेको दिल्ली चौंथो स्थानमा छ ।

हैदरावाद ६ खेलमा ३ जितसहित ६ अंक जोडेर लिगको छैटौं स्थानमा छ । दिल्लीलाई हराएर हैदरावाद अंक तालिका सुधार गर्न चाहन्छ ।