अन्डरवल्ड डन 'दाउद'का दाहिने हात पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अन्डरवल्ड डन ‘दाउद’का दाहिने हात पक्राउ



काठमाडौं । ‘अन्डरवल्ड डन’ दाउद इब्राहिमका दाहिनी हात जबीर मोती पक्राउ परेका छन् । मोती लन्डनको एक होटलबाट गिरफ्तार भएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मोतीले पछिल्ला दिनमा ब्रिटेन, युएई र अफ्रिकी देशहरुमा दाउदका लागि लेनदेनको कारोबार गर्दै आएका थिए ।

दाउदलाई घेराबन्दीमा पार्नका लागि भारतले जबीर मोदीलाई पक्राउ गर्न अपिल गर्दै आएको थियो । जबीरमाथि लागूऔषध तस्करी, फिरौती एवं अन्य थुप्रै अपराध गरेको आरोप छ ।

जबीरको साथबाट पाकिस्तानी पासपोर्ट फेला परेको छ । यसमा कराँचीको ठेगाना राखिएको छ ।

ब्रिटेनको १० वर्षको भिसा पाएको जबीरले एन्टिगुवाको नागरिकता लिने प्रयास गरिरहेको समेत बुझिन आएको छ ।

पाकिस्तानको कराँचीमा रहँदै आएका दाउदलाई सन् १९९३ को मुम्बई बमकाण्डका मुख्य नाइके मान्दै आइएको छ ।