मन्त्री पद सम्हालेकै दिन कारबाहीमा परे खेलकुद मन्त्री तामाङ - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

मन्त्री पद सम्हालेकै दिन कारबाहीमा परे खेलकुद मन्त्री तामाङ



सिन्धुपाल्चोक- प्रधानमन्त्री केपी ओलीले भर्खरै मात्र युवा तथा खेलकुदमन्त्री बनाएका दावा तामाङ तनावमा परेका छन् ।

ओली समुहको नेकपाबाट युवा तथा खेलकुद मन्त्री भएका नेकपा केन्द्रीय सदस्य एवम जिल्ला सचिव तामाङलाई कारवाही गर्न नेकपा सिन्धुपाल्चोकले केन्द्रमा सिफारिस गरेको छ ।

नेकपा औपचारीक रुपमा विभाजन भएपछि दाहाल–नेपाल समूहको नेकपा सिन्धुपाल्चोकको कार्यालयको बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै तामाङलाई कारवाहीको सिफारिस गरेको हो ।

नेकपा केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, वागमती प्रदेशका सदस्यहरु र जिल्ला कार्यालयको टिमसहित बसेको सयुक्त बैठकले खेलकुद मन्त्री भएका तामाङलाई कारवाहीको लागि नेकपा केन्द्रीय समितिमा पठाउने निर्णय गरेको बताइएको छ ।

यसअघि नेकपाका विभिन्न कमिटीहरुमा रहेपनि अहिले ओली निकटको नेकपाका केन्द्रीय सदस्यहरु भएका अन्यको हकमा भने आगामी जिल्ला बैठकबाट ठोस निर्णय गरिने बताइएको छ ।