डेभिड सिल्भाले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डेभिड सिल्भाले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा



काठमाडौं । स्पेनी फुटबल विश्वकपबाट चाँडै बाहिरिएपछि पीडामा छ । पीडाको अर्को झल्को दिएका छन् मिडफिल्डर डेभिड सिल्भाले । इङलिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै आएका सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

३२ वर्षीय सिल्भाले सोमबार सामाजिक सञ्जाल ट्वीटरबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । स्पेनका डिफेन्डर जेरार्ड पिकेले सन्यासको घोषणा गरेको एक दिनपछि नै सिल्भाले पनि घोषणा गरेका हुन् ।

सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु आफ्नो लागि निकै कठिन रहेको बताए ।

सन्यासपछि सिल्भाले टिमलाई सधै सम्झिरहने पनि बताएका छन् । १५ नोभेम्भर २००६ मा रोमानियाविरुद्धको खेलबाट स्पेनको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका सिल्भाले १२५ खेल खेल्दै ३५ गोल गर्न सफल भएका थिए ।

स्पेनले २००८ मा युरोकप, २०१० मा विश्वकप र २०१२ मा युरोकप जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए । तीन महत्वपूर्ण खेलाडीले सन्यास लिएपछि अरु खेलाडीले पनि पछ्याउन सक्ने अनुमान गरिएको छ ।

यसअघि एन्द्रेस इनेस्ताले स्पेन विश्वकपबाट बाहिरिनासाथ सन्यास लिएका थिए ।

KALININGRAD, RUSSIA – JUNE 25: David Silva of Spain in action during the 2018 FIFA World Cup Russia group B match between Spain and Morocco at Kaliningrad Stadium on June 25, 2018 in Kaliningrad, Russia. (Photo by Julian Finney/Getty Images)