को सँग डराउछन दाउद ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

को सँग डराउछन दाउद ?



एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।

अन्डरवल्र्ड डन दाऊद इब्राहिमको जन्म २७ डिसेम्बर १९५५ मा महाराष्ट्रको रत्नगिरी मा भएको थियो । उनका तीन जना छोराछोरी छन् जसमा दुई जना छोरी र एक जना छोरा रहेका छन् ।

दाऊद इब्राहिमकी पत्नी जुबाना जरीनलाई महजम्बी शेख भनेर चिनिन्छ । यद्यपि जुबीनाको बारेमा कमै मानिसलाई थाहा छ । उनको तस्बिर पनि निकै कम देखिन्छन् । तर जुबीना भिन्डी बजार मुम्बईमा बस्ने गर्छिन् ।

मुम्बईको यहि ठाउँमा दाऊदले आफ्नो बचपन विताएका थिए । दाऊदका पिताका भाइ सलीम कश्मीरी आजसम्म पनि यहि इलाकामा बस्दै आएका छन् ।

भनिन्छ संसार दाऊद इब्राहिमसँग डराउँछन् तर उनी संसारमै एक मात्र व्यक्तिसँग डराउँछन् ।

आखिर को हुन् उनी जो सँग दाऊद पनि डराउँछन् ?

दाऊदकी श्रीमती महजम्बीसँग दाऊद डराउँछन् । दाऊदको बारेमा यो बताइन्छ कि उनी एकपटक आफ्नो इस्लामाबादमा रहेको घरमा थिए । उनी साथीभाइसँग पार्टी गरिरहेका थिए ।

जहाँ केहि युवतीहरुलाई समेत बोलाइएको थियो । पार्टी चलिरहेको थियो तर अचानक उनकी श्रीमती महजम्बी इस्लामाबाद आउदैँ छिन् भन्ने थाहा भयो ।

यो खबर पाउने वित्तिकै दाऊद हड्बडाए र युवतीहरुलाई गाडीमा राखेर पठाए र घरमा काम गर्नेहरुलाई घरमा सरसफाई गर्न लगाए ताकि त्यहाँ पार्टी भएको कुरा आफ्नी श्रीमतीलाई थाहा नहोस् ।