दाँत दुखेर उपचार गर्न आएका बिरामीको ज्यान गएपछि गुल्मीको रेसुंगा अस्पतालमा तनावग्रस्त ! - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

दाँत दुखेर उपचार गर्न आएका बिरामीको ज्यान गएपछि गुल्मीको रेसुंगा अस्पतालमा तनावग्रस्त !



गुल्मी : सामान्य अप्रेशनको क्रममा एकजनाको ज्यान गएपछि गुल्मीको रेसुंगा अस्पतालमा तनावग्रस्त भएको छ।

दाँत दुखेर उपचार गर्न आएका बिरामीको गिजाको अप्रेशन गर्ने क्रममा ज्यान गएपछि अस्पतालमा आफन्तहरुले घेरा हालेर लापरवाही गर्ने चिकित्सकमाथि कारबाहीको माग गरेका छन्।

मलिका गाउँपालिका – ६ अर्जेका शिवलाल अर्याल दाँत जचाउँन मङ्गलवार अस्पताल पुगेका थिए। अर्यालको गिजामा जमेको पीप निकाल्न अप्रेसन गर्नुपर्ने भन्दै उनलाई अप्रेशन थेएटरमा लगिएको थियो।

अप्रेशनपछि शिवको होस् नआएको आफन्त बुद्धि गौतमले स्थानीय संचारकर्मीसँग बताए।डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले शव उठाएका छैनन् ।