दसौं लाख विद्यार्थीले अमेरिका छाड्नुपर्ने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

दसौं लाख विद्यार्थीले अमेरिका छाड्नुपर्ने



काठमाडौं- अमेरिकी विश्वविद्यालयहरुले अनलाइन पठनपाठन मात्र सञ्चालन गर्ने निर्णय गरे दसौं लाख विदेशी विद्यार्थीले अमेरिका छाड्नुपर्ने देखिएको छ।

त्यहाँको आप्रवासन र भन्सार प्रवर्तनले सोमबार त्यस्ता विद्यार्थीका लागि देश छाड्ने व्यवस्था गरिने जनाएको हो।

हार्वर्ड र प्रिन्सटनजस्ता सम्भ्रान्त संस्थालगायत धेरै अमेरिकी विश्वविद्यालयले आफ्नो पठनपाठनका केही अंश अनलाइनमार्फत हुने जानकारी दिइसकेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

अमेरिकामा कोरोना भाइरसको बढ्दो संक्रमणका कारण क्याम्पसमै आधारित विद्यार्थीका लागि पनि यही व्यवस्था लागू गरिने छ। यस कदमले अमेरिकामा अध्ययनरत १० लाखभन्दा बढी विदेशी विद्यार्थीलाई असर पर्न सक्ने देखिएको छ।

अन्तर्राष्ट्रिय शिक्षा संस्थानका अनुसार १० लाखभन्दा बढी विदेशी विद्यार्थी अमेरिकी संस्थामा अध्ययन गरिरहेका छन्।