दशैंका लागि टिकट बुकिङ असोजको ५ देखि
काठमाडौं– सरकार र यातायात व्यवसायीबीच असोज ५ देखि दशैंको अग्रिम टिकट बुकिङ शुरु गर्ने सहमति भएको छ ।
सरकार र व्यवसायीबीच आज भएको वार्तामा दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज रुपमा टिकटको व्यवस्था गर्ने सहमति भएको हो ।
यातायात व्यवसायीले भाडा दरको जिम्मेवारी सरकारलाई नै सुम्पेको यातायात व्यवसायी सरोज सिटौलाले जानकारी दिए । पर्व मान्नका लागि बाहिरिने यात्रुलाई असोज ५ पछि अग्रिम काउन्टरहरु विस्तार गर्दै जाने सहमति भएको उनले बताए ।