दशैँमा वृद्ध भत्ता बढ्छ :नेता भट्टराई (भिडियो सहित)
ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा संघीय सांसद योगेश भट्टराईले दशैँ आसपासमा वृद्ध भत्ता बढ्न सक्ने बताउनु भएको छ ।
नेता भट्टराईले बजेटमा भत्ता बढाउने विषय नरहे पनि क्याबिनेट बैठकले निर्णय गर्दै वृद्ध भत्ता बढाउन सकिने भएकाले सरकारले अनौपचारिक छलफल गरिरहेको बताउनु भयो ।
प्रेस संगठन नेपालद्वारा आयोजित कार्यक्रममा नेता भट्टराईले बढ्दो बिचौलिया प्रवृत्ति अन्त्य गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्नु भयो ।
‘बिचौलियाका कारण हरेक क्षेत्र प्रभावित बनेको छ, केही बिचौलिया हाम्रै पार्टीमा होलान्, तिनीहरु आत्तिएका छन्,’ भट्टराईले भन्नुभयो, ‘सरकारले नियन्त्रणको प्रयास गरिरहेको छ ।’