नेकपा स्थायी कमिटि बैठक १० असारमा तय : यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

नेकपा स्थायी कमिटि बैठक १० असारमा तय : यस्ता छन् एजेण्डा



काठमाडौं- लामो समयसम्म संसयको बषय बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच बालुवाटारमा वुधबार भएको भेटर्वार्तामा बैठक बोलाउने सहमति भएको बताइएको छ ।

वरिष्ठ नेता झलनाथ खनालका अनुसार स्थायी कमिटि बैठक १० असारमा बोलाइएको छ । पार्टे बैठकमा विभिन्न एजेण्डाहरू हुने भएपनि सबैभन्दा प्रार्थमिकताको बिषय भने एमसीसी हुने बताइएको छ ।

विधानअनुसार तीन महिनामा एक पटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यबस्था भए पनि करिब ६ महिनादेखि बोलाइएको छैन ।

गत २९ मंसिरमा बसेको स्थायी समिति बैठक ६ पुसमा सम्पन्न भएको थियो । अमेरिकन मिलेनियम च्यालेन्ज(एमसिसी), सरकारको कामको समीक्षालगायतका विषयमा छलफलका लागि बैठक आवश्यक भएको भन्दै १० वैशाखमा २० जना स्थायी समिति सदस्यहरुले बैठक माग गर्दै अध्यक्ष ओली र प्रचण्डलाई लिखित मागपत्र पेश गरेका थिए ।

त्यसपछि २५ वैशाखमा बोलाइएको बैठक अचानक स्थगित भएपछि थुप्रै नेताहरु असन्तुष्ट रहँदै आएका छन् । तिनै थाँती विषयमा छलफल गर्न स्थायी समिति बैठक डाकिएको हो ।

सरकारले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामासमेत मागेको थियो ।

तर, प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिएको अबस्थामा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाइने प्रस्ताव गरेपछि नेकपाभित्रको विवादले अर्कै मोड लिए पनि मत्थर भने भइसकेको छैन ।

दुई महिनादेखि निरन्तर बैठक माग हुँदै आए पनि प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रम र बजेटपछि मात्रै स्थायी समिति बैठक बोलाउने अडान राख्दै आएका थिए ।