दाङमा बस दुर्घटनाः ज्यान गुमाउने २३ जनाकै सनाखत , रित्तियो शिक्षालय - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

दाङमा बस दुर्घटनाः ज्यान गुमाउने २३ जनाकै सनाखत , रित्तियो शिक्षालय



दाङ । तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका एक-एकजनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

रित्तियो शिक्षालय

दुर्घटनामा परेका विद्यार्थीले अध्ययन गर्ने घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय सुनसान भएको छ । जिल्लामै पहिलोपटक वनविज्ञान अध्यापनका लागि शिक्षालयले अनुमति पाएको थियो । करिब एक महिनाअघिबाट मात्र शिक्षालयमा पढाइ सुरु
भएको थियो ।

४० जना विद्यार्थी अध्ययनरत शिक्षालयबाट शुक्रबार ‘बोटनी’ र ‘जुलोजी’तर्फका ३२ जना विद्यार्थी र दुईजना शिक्षक अध्ययन भ्रमणका लागि सल्यानको कपुरकोट पुगेका थिए । शिक्षालयका १९ जना विद्यार्थी र दुईजना शिक्षकको दुर्घटनामा मृत्यु भएको शिक्षालयका प्रिन्सिपल यादव सुवेदीले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।