दाङमा स्कुल बस दुर्घटना, २४ जना विद्यार्थी घाइते - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दाङमा स्कुल बस दुर्घटना, २४ जना विद्यार्थी घाइते



दाङ । स्कुल बस दुर्घटना हुँदा दाङको तुलसीपुरमा २४ जना घाइते भएका छन् । तुलसीपुर घोराही सडकखण्ड अन्तर्गत तुलसीपुर–६ हात्तीखौवा कल्भर्ड नजिकै स्कुल बस दुर्घटना हुँदा चालकसहित २४ जना विद्यार्थी घाइते भएका छन ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेमध्ये चालक तुलसीपुर–११ का तिलक डीसी र विद्यार्थी तुलसीपुर–१८ का ९ वर्षिय दिपेश केसी गम्भीर घाइते छन् । कार्यालय प्रमुख डीएसपी प्रकाश सापकोटाले गम्भीर घाइते दुवैलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको बताएका छन् ।

अन्य २२ जना विद्यार्थीहरुको अवस्था भने सामान्य रहेको जनाइएको छ । तुलसीपुर–६ वरुवागाउँमा रहेको गोरखा माध्यमिक विद्यालयको रा १ क १९९ नम्वरको बसले विद्यार्थीलाई लिएर छाड्न जाने क्रममा सोमबार बेलुकी दुर्घटना भएको थियो । कल्भर्ड नजिक साँघुरो सडकमा वसले ओभरट्याग गर्न खोज्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।