दाङमा गोली चल्यो
दाङ- दाङमा गोली चलेको छ । शुक्रबार दिउसो कुलो निर्माणको क्रममा गोली प्रहार गरिएको बताइएको छ ।
तुलसीपुर उपमहानगरपालिका–८ मा रहेको गतेखोला–बुटनियामा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
जग्गासम्बन्धी विवाद हुँदा स्थानीय कुलबहादुर वलीले भारतीय पेस्तोलबाट गोली चलाएको प्रहरीले जनाएको छ ।
गोली चलाउने वलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको पनि प्रहरीले बताएको छ । गोलीबाट मानवीय क्षति भएनभएको विवरण आउन बाँकी छ ।