दाङमा भारतीय कारभित्र तीन बालकको शव भेटियो - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

दाङमा भारतीय कारभित्र तीन बालकको शव भेटियो



दाङ- दाङको तुलसीपुरमा कारभित्र तीनजना बालकको शव भेटिएको छ । पार्किङ गरी राखिएको भारतीय नम्बरप्लेटको कारमा बालकको शव भेटिएको प्रहरीले जनाएको छ।

चार महिनादेखि सोही स्थानमा पार्किङ गरी राखिएको रहेको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीन बालकको शव फेला परेको हो ।

कार तुलसीपुर उपमहानगरपालिका-६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको थियो । मृत भेटिएका बालकहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।