दाङमा बस दुर्घटना ,१ जनाको मृत्यु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

दाङमा बस दुर्घटना ,१ जनाको मृत्यु



दाङ– दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १४ खौसापुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१७ नम्बरको बस मंगलबार खौसापुरदेखि करिब तीन समय मिटर अगाडि खोलामा पल्टिँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा भारत शिवहरीका अन्दाजी ३० वर्षीय हरिकिशोर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ।